Shikhar Insurance
National Life

मर्जर पश्चात साना किसान लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

सिंहदरबार संवाददाता
२०८० श्रावण २१, आईतवार १७:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । साविकको साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था मर्जर पश्चात कायम सेयर नेप्सेमा सूचीकृत भएको छ । मर्जर पश्चात साना किसान लघुवित्त वित्तीय संस्थाको नाममा १ करोड ३६ लाख ४ हजार ५६९.३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

दुबै लघुवित्तले मर्जर पश्चात असार २४ गतेदेखि एकीकृत कारोबार थाल्ने भएपछि १५ दिन सेयर कारोबार रोक्का गरेको थियो । मर्जर पश्चात कायम सेयर नेप्सेमा सूचीकृत भएपछि भोलि सोमबारदेखि नै लघुवित्तको सेयर दोस्रो बजारमा कारोबार हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लघुवित्तको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि ८४८ रुपैयाँ ३६ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही रेन्ज रहेर कम्पनीको सेयर कारोबार खुल्नेछ ।

लघुवित्तको सेयरलाई नेप्सले एसकेबीबीएल कारोबार संकेत प्रदान गरेको छ । यस्तै नेप्सेले साविकको आरएमडिसी लघुवित्तको सेयर सूचीकरण खारेज गरेको पनि जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्