Shikhar Insurance
National Life

विना विभागीय रहेका मन्त्री चित्रकारले पाए उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी

सिंहदरबार संवाददाता
२०८० श्रावण २१, आईतवार १७:३४
Hyundai
NCELL
NIMB

हेटौँडा । बागमती प्रदेशमा विना विभागीय रहँदै आएका मन्त्री रामकृष्ण चित्रकारले उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन्। प्रदेश सरकारले आज नयाँ मन्त्रालय स्थापित गरेर उनलाई जिम्मेवारी तोकेको हो ।

प्रदेशका ११ वटा मन्त्रालयमध्ये पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयलाई विभाजन गरी १२ वटा बनाइएको छ । मन्त्री चित्रकार बागमती प्रदेश सरकारमा लामो समयदेखि विना विभागीय मन्त्रीको रुपमा रहँदै आएका थिए । उनी नेपाली कांग्रेसको प्रदेश संसदीय दलका उपनेतासमेत हुन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कांग्रेसले भौतिक पूर्वाधार मन्त्रालय विभाजन गरी उनलाई जिम्मेवारी दिनुपर्ने माग गर्दै आएको थियो । यद्यपी नेकपा(माओवादी केन्द्र)ले उक्त मागलाई अस्वीकार गरेपछि कांग्रेसकै भागमा रहेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरी चित्रकारलाई जिम्मेवारी प्रदान गरिएको बताइएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्