Shikhar Insurance
National Life

सागर डिष्टिलरीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

सिंहदरबार संवाददाता
२०८० श्रावण २१, आईतवार १७:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारणको लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका सेयर निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो ।

मंगलबार आयोजित कार्यक्रममा सागर डिष्टिलरीका तर्फबाट अध्यक्ष संदिप जलान र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सागर डिष्टिलरी लिमिटेडले कम्पनीको जारी पूँजीको १५ प्रतिशतले हुने ७ लाख ५० हजार लाख कित्ता सर्वसाधारणहरुलाई विक्री गर्नेछ । सर्वसाधारण जनताको सहभागिता बढाउनको लागि कम्पनीले जारी पूँजीको १५ प्रतिशत आईपीओ निकाल्ने निणर्य गरेको कम्पनीका अध्यक्ष जलानले जानकारी गराए । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्काशन गर्नेछ ।

नेपालमा गुणस्तरीय मदिरा उत्पादन र विक्री वितरण गर्न व.सं. २०६९ सालमा सागर डिष्टिलरी लिमिटेडको स्थापना भएको जनाएको छ र कम्पनीको फ्याक्ट्री देवचुली,नवलपुरमा रहेको छ ।

कम्पनीले रोयल ब्लु, ग्रे उल्फ, बेरिज् एण्ड ब्लु ब्राडका मदिराजन्य उत्पादनहरु बिक्री वितरण गर्दै आइरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्