Shikhar Insurance
National Life

३८.३७ अङ्कले घट्यो नेप्से परिसूचक

सिंहदरबार संवाददाता
२०८० श्रावण २१, आईतवार १५:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक ३८.३७ अङ्कले घटेर २,०५१.४७ बिन्दुमा कायम भएको छ ।

विभिन्न २६५ कम्पनीका ८० लाख सात हजार तीन सय ६१ कित्ता सेयर ६१ हजार ९ सय १७ पटक खरिदबिक्री हुँदा २ अर्ब ६८ करोड ७१ लाख ४८ हजार दुई सय ३४ मूल्यमा कारोबार भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक दुई सय ३७.९६ र निर्जीवन बीमा समूहको उपसूचक २२२.६० अङ्कले घटेको छ । बैंकिङ समूह २२.३४, विकास बैंक ९७.५१, वित्त ६२.२७, होटल तथा पर्यटन २०१.३८ र जलविद्युत् समूह ४४.४९ अङ्कले घटेको छ । त्यस्तै, लगानी समूह शून्य दशमलव ८७, उत्पादन तथा प्रशोधन ८४ दशमलव ०१, लघुवित्त ६१ दशमलव ८२, म्युचुअल फन्ड शून्य दशमलव १५ व्यापार ६८ दशमलव २७ र अन्य समूह १७ दशमलव ०७ अङ्कले घटेको छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने प्रोग्रेसिभ फाइनान्स लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ९.९५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा बैंक लिमिटेडको १२ करोड ६९ लाख ८२ हजार तीन सय तीन बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको ४ लाख ४९ हजार सात सय ६१ कित्ता सेयर किनबेच भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्