Shikhar Insurance
National Life

वृज एडिटिभ्सका नयाँ उत्पादन बजारमा

सिंहदरबार संवाददाता
२०८० श्रावण २१, आईतवार १२:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । वृज एडिटिभ्सका नयाँ उत्पादनहरु बजारमा लन्च गरिएको छ । नयाँ संरचना निर्माण तथा पुरानालाई मर्मत सम्भार गर्न वृज एडिटिभ्सका उच्चस्तरीय उत्पादनले स्थायित्व र दिगोपना सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।

जसअनुसार कम्पनीले वाटरप्रुफिङ, रिपेयर तथा एडमिक्सर सलुसन्स बजारमा लिएर आएको छ । वृज एडिटिभ्सले शुक्रबार काठमाडौंको सोल्टीमोडमा रहेको हायात प्यालेसमा कार्यक्रम गरी यी उत्पादनहरूको औपचारिक रुपमा बजारमा ल्याएको घोषणा गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वाटर प्रुफिङ्गका लागि कम्पनीले ल्याएको वेदर प्रोप्लस २५० र ब्रिज सेफक्रेटले घरलाई पानीले पु–याउने क्षतिबाट बचाउने बताइएको छ । साथै पिलर, बिम, स्ल्याब र स्टिललाई खिया आदिबाट जोगाइ निर्माणलाइ मजबुत र दिगोपन प्रदान गर्ने कम्पनीको भनाइ छ ।

यसका अतिरिक्त कम्पनीले सिल्कन फ्लोमिक्स पीसी ३५०, पीसी ४५०, पीसी ५५० र अल्ट्रा १०० पनि ल्याएको छ । कार्यक्रममा केडिया अर्गनाइजेसनका अध्यक्ष तारा चन्द केडियाले उपस्थित सम्पूर्णमा स्वागत मन्तब्य ब्यक्त गर्दै उत्पादित वस्तुले ग्रहाक तथा निर्माणकर्मीहरुको मन जित्ने आशा ब्यक्त गरिन् ।

कलाकार जितु नेपाल ‘मुन्द्रे’ ले प्रस्तुतिसमेत रहेको कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव विश्वबाबु पुडासैनी, रेलवे विभागका महार्निदेशक रोहित बिसुराल, सिँचाइ विभागका महार्निदेशक सुशील आचार्य तथा निर्माणकर्मी, इन्जिनियर, कंक्रिड उत्पादनकर्ता र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्