Shikhar Insurance
National Life

कुमारी बैंकको नाफा १९५ करोड, सवा छ अर्ब प्रोभिजनले लाभांश क्षमता ऋणात्मक

सिंहदरबार संवाददाता
२०८० श्रावण २१, आईतवार ०७:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंकले गत आर्थिक बर्षको असार मसान्त अवधीसम्ममा एक र्अ ९५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा २०७९ असार मसान्तको तुलनामा ३१.७९ प्रतिशतले घटेको छ । गत आवको असार मसान्तसम्ममा बैंकको नाफा २ अर्ब ५७ करोड रुपैयाँ थियो ।

बैंकले ४.७७ प्रतिशत रहेको खराब कर्जाको व्यवस्थापनका लागि ५ अर्ब ७३ करोड रुपैयाँ प्रोभिजन गरेको छ, जसले बैंकको नाफामा उल्लेख्य मात्रामा संकुचन ल्याएको देखिन्छ । आगामी आर्थिक बर्षमा भने रिकभरी मार्फत बैंकले उत्कृष्ठ नतिजा ल्याउन सक्ने देखिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले निक्षेप ३ खर्ब १६ अर्ब रुपैयाँ उठाएर २ खर्ब ७० अर्ब रुपैयाँ ऋण प्रवाह गरि ११ अर्ब १ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ । चुक्ता पुँजी २६ अर्ब २२ करोड रुपैयाँ रहेको बैंकको वितरण योग्य नाफा भने ८४ करोड रुपैयाँ ऋणात्मक रहेको छ । बैंकका जगेडा कोषमा भने ११ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रति सेयर आम्दानी ७.४६ प्रतिशत छ भने प्रति सेयर नेटवर्थ १४०.४७ रुपैयाँ रहेको छ । बैंकको स्प्रेड दर ४.९८ प्रतिशत रहँदा कस्ट अफ फण्ड ८.५० प्रतिशत छ । बैंकको सीडी रेसियो ८६.३८ प्रतिशत छ भने आधार ब्याजदर १०.९० प्रतिशत रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्