काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक बर्षमा ४ अर्ब ६५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले आव २०७९ असार मसान्तसम्मको तुलनामा १०.४५ प्रतिशतले नाफा बढाएर ४ अर्ब ६५ करोड रुपैयाँ पुर्याएको हो । बैंकले २०७९ असार मसान्तसम्ममा जम्मा ४ अर्ब २१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकले प्रकाशित गरेको चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार वितरण योग्य नाफा ३ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको छ । ११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले गत आवको नाफाबाटै लगानीकर्ताहरुलाई ३१.९२ प्रतिशत लाभांश दिने क्षमता कायम गरेको छ । जबकी बैंकको जगेडा कोषमा १४ अर्ब ३८ करोड रुपैयाँ रहेको छ ।
बैंकले गत आवमा ३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ६२ अर्र्ब रुपैयाँ कर्जा लगानी गरि १२ अर्ब ३७ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
बैंकको प्रति सेयर आम्दानी ३६.४५ रुपैयाँबाट वृद्धि भएर ४०.२२ रुपैयाँ पुगेको छ । बैंकको प्रति सेयर नेटवर्थ भने २५६.४१ रुपैयाँ पुगेको छ ।
एनआईसी एशिया बैंकको कस्ट अफ फण्ड ७.६७ प्रतिशत छ भने आधार ब्याजदर ९.९८ प्रतिशत छ ।
खराब कर्जा ०.८० प्रतिशतमै रोक्न सफल बैंकले लोन लस प्रोभिजनका लागि जम्मा ३९ करोड रुपैयाँ मात्रै राखेको छ । बैंकको स्प्रेड दर ३.९९ प्रतिशत छ सीडी रेसियो ८३.५५ प्रतिशत कायम छ ।
प्रतिक्रिया दिनुहोस्