काठमाडौं । हिमालयन बैंकले २०८० असार मसान्तसम्ममा आफ्नो नाफा ३८.१३ प्रतिशतले वृद्धि गरेको छ । २०७९ असार मसान्तसम्ममा जम्मा २ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको बैंकले २०८० असार मसान्तसम्म आईपुग्दा भने आफ्नो नाफा ९० करोड रुपैयाँले वृद्धि गरेर ३ अर्ब २६ करोड रुपैयाँ पुर्याएको हो । यद्यपी बैंकको वितरण योग्य नाफा भने ७१ करोड रुपैयाँले ऋणात्मक रहेको छ ।
सिभिल बैंकलाई गाभेको हिमालयन बैंकले गत आर्थिक बर्षमा २ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरि २ खर्ब ३० अर्ब ऋण प्रवाह गर्दाा ९ अर्ब ९३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । २१ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ९१ करोड रुपैयाँ रहेको छ ।
खराब कर्जा बढेर ४.५७ प्रतिशत पुग्दा बैंकले लोन लस प्रोभिजनका लागि भने २ अर्ब १५ करोड रुपैयाँ छुट्याएको छ । बैंकको कस्ट अफ फण्ड ८.६१ प्रतिशत रहँदा आधार ब्याजदर १०.८६ प्रतिशत छ । स्प्रेड दर ४.७९ प्रतिशत रहेको बैंकको सीडी रेसियो भने ८४.७० प्रतिशत छ । १९.१९ रुपैयाँ प्रति सेयर आम्दानी रहेको बैंकको प्रति सेयर नेटवर्थ भने १६५.५८ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्