Shikhar Insurance
National Life

लक्ष्मी सनराइजको नाफा झण्डै ५० प्रतिशतले वृद्धि, मर्जरपछि यस्तो भयो प्रगति

सिंहदरबार संवाददाता
२०८० श्रावण २१, आईतवार ०१:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । लक्ष्मी सनराइन बैंकको नाफा झण्डै ५० प्रतिशतले वृद्धि भएको छ । सबै भन्दा पछिल्लो मर्जर गर्ने लक्ष्मी सनराइजले गत आर्थिक बर्षको असार मसान्त अवधीमा आफ्नो नाफा ४९.६६ प्रतिशतले वृद्धि गरेर २ अर्ब २६ करोड रुपैयाँ पुर्याएको हो ।

२०७९ असार मसान्तमा बैंकको नाफा एक अर्ब ५१ करोड रुपैयाँ मात्रै थियो । लक्ष्मी बैंक र सनराइज बैंकले एक बराबर एक कित्ताको स्वाप रेसियोमा मर्ज भई असार २९ गतेदेखि लक्ष्मी सनराइज बैंकका नामबाट एकिकृत कारोबार आरम्भ गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको वितरण योग्य नाफा एक अर्ब ९३ करोड रुपैयाँ रहको छ । २१ अर्ब ६७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकका लगानीकर्ताले गत आवको नाफाबाटै ८.९० प्रतिशत लाभांश पाउन सक्छन् । बैंकको जगेडा कोषमा १४ अर्ब रुपैयाँ रहेको छ ।

बैंकले गत आवको असार मसान्तसम्ममा २ खर्ब ९६ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ५३ अर्ब कर्जा प्रवाह गरि ५ अर्ब ५० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ ।

बैंकको प्रति सेयर आम्दानी १३.८८ रुपैयाँबाट बढेर १९.४४ रुपैयाँ पुगेको छ । बैंकको नेटवर्थ भने १७३.५५ रुपैयाँ छ । बैंकको खराब कर्जा २.८१ प्रतिशत रहँदा लोन लस प्रोभिजनका लागि ९१ करोड रुपैयाँ छुट्याएको छ । बैंकको स्प्रेडदर ४.४२ प्रतिशत छ भने आधार ब्याजदर १०.७५ प्रतिशत छ । सीडी रेसियो ८१.६४ प्रतिशत रहँदा कस्ट अफ फण्ड ८.३६ प्रतिशत छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्