Shikhar Insurance
National Life

ग्लोबलको छलाङः नाफा ४६.४६ प्रतिशतले बढ्दा, अधिकांश सूचक अब्बल

सिंहदरबार संवाददाता
२०८० श्रावण २१, आईतवार ०१:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आइएमई बैंकको नाफा ७ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । बैंकले गत आर्थिक बर्षको असार मसान्तसम्ममा आफ्नो नाफा ४६.४६ प्रतिशतले वृद्धि गरेर ७ अर्ब २५ करोड रुपैयाँ पुर्याएको हो । ग्लोबलले २०७९ असार मसान्तसम्ममा जम्मा ४ अर्ब ९५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

ग्लोबलको वितरण योग्य नाफा २ अर्ब ९५ करोड रुपैयाँ रहेको छ, जुन नाफाबाट लगानीकर्ताले ८.२७ प्रतिशत लाभांश पाउन सक्छन् । यद्यपी ३५ अर्ब ७७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १९ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ग्लोबलले गत आवमा ४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरि १७ अर्ब १८ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

बैंकको प्रति सेयर आम्दानी २०.७७ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १६४.०५ रुपैयाँ रहेको छ । खराब कर्जा ३.०८ प्रतिशत रहेको बैंकले लोन लस प्रोभिजनका लागि २ अर्ब ७१ करोड रुपैयाँ छुट्याएको छ । जबकी अघिल्लो आवको सोही अवधीमा ग्लोबलको खराब कर्जा १.२८ प्रतिशत थियो र लोन लस प्रोभिजनका लागि जम्मा ४६ करोड रुपैयाँ मात्रै राख्नु परेको थियो ।

बैंकको स्प्रेड दर ४.९६ प्रतिशत छ भने आधार ब्याजदर १०.२० प्रतिशत छ । सीडी रेसियो ८३.४७ प्रतिशत छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्