Shikhar Insurance
National Life

एनएमबि बैंकको नाफा ३४१ करोड, लगानीकर्तालाई लाभांश क्षमता कति ?

सिंहदरबार संवाददाता
२०८० श्रावण २१, आईतवार ००:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंकले गत आर्थिक बर्षमा ३ अर्ब ४१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले २०८० असार मसान्त अवधीमा अघिल्लो आवको सोही अवधीको तुलनामा ३.६४ प्रतिशतले नाफा वृद्धि गरेर ३ अर्ब ४१ करोड रुपैयाँ पुर्याएको हो । २०७९ असार मसान्तमा बैंकको त्यस्तो नाफा जम्मा ३ अर्ब २९ करोड रुपैयाँ थियो ।

बैंकले गत आर्थिक बर्षमा एक अर्ब ५० करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको देखिन्छ । चुक्ता पुँजी १८ अर्ब ३८ करोड रुपैयाँ रहेको बैंकले गत आवको वितरण योग्य नाफाबाट लगानीकर्तालाई ८.१६ प्रतिशत लाभांश दिन सक्छ । यद्यपी बैंकको जगेडा कोषमा ८ अर्ब ७४ करोड रुपैयाँ मौजुदा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले गत आवमा २ खर्ब १० अर्ब रुपैयाँ निक्षेप उठाएर एक खर्ब ८९ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा ८ अर्ब ३४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ । बैंकको प्रति सेयर आम्दानी १८.५७ रुपैयाँ कायम छ भने नेटवर्थ १५५.७९ रुपैयाँ छ ।

बैंकको खराब कर्जा भनेर बढेर १.४५ प्रतिशतबाट बढेर २.७२ प्रतिशत कायम हुँदा सो वापतको लोन लस प्रोभिजनका लागि एक अर्ब १६ करोड रुपैयाँ छुट्याएको छ । बैंकको कस्ट अफ फण्ड ७.३७ प्रतिशत छ भने आधार ब्याजदर १०.३७ प्रतिशत छ । बैंकको सीडी रेसियो ८३.४६ प्रतिशत कायम छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्