Shikhar Insurance
National Life

नेपाल इन्भेष्टमेन्ट मेगाले कमायो ४२९ करोड नाफा, यस्ता छन् अरु सूचक

सिंहदरबार संवाददाता
२०८० श्रावण २१, आईतवार ००:११
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब २९ करोेड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले २०८० असार मसान्त अवधीमा अघिल्लो आवको सोही अवधीको तुलनामा १३.१९ प्रतिशतले नाफा वृद्धि गरेर ४ अर्ब २९ करोड रुपैयाँ पुर्याएको हो ।

२०७९ असार मसान्तसम्ममा बैंकको त्यस्तो नाफा ३ अर्ब ७९ करोड रुपैयाँ थियो । मेगा बैंकसँग मर्ज भएपछि बैंकले आफ्नो नाफा ४ अर्ब २९ करोड कायम गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल इन्भेष्टमेन्ट मेगाले गत आर्थिक बर्षमा २ अर्ब ६० करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । बैंकले लोन लस प्रोभिजनका लागि २ अर्ब ४४ करोड रुपैयाँ छुट्याएको देखिन्छ ।

बैंकले २०८० असार मसान्तसम्ममा ३ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा १२ अर्ब २७ करोड रुपैयाँ ब्याज आम्दानी गर्न सफल भएको छ । ३४ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २३ अर्ब ८९ करोड रुपैयाँ छ ।
बैंकको प्रति सेयर आम्दानी १६.०७ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १७०.४८ रुपैयाँ रहेको छ ।

मेगा बैंक मर्जरका कारण बैंकको खराब कर्जा भने ४.३५ प्रतिशत पुगेको छ, जुन २०७९ असार मसान्तमा जम्मा १.४९ प्रतिशत मात्रै थियो ।
बैंकको कस्ट अफ फण्ड ७.७१ प्रतिशत छ भने आधार ब्याजदर ९.३६ प्रतिशत छ । बैंकको सीडी रेसियो ८५.०५ प्रतिशत कायम छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्