Shikhar Insurance
National Life

प्रभु बैंकको नाफा ४८.४२ प्रतिशतले बढ्यो, कस्ता रहे अरु सूचक ?

सिंहदरबार संवाददाता
२०८० श्रावण २०, शनिबार ०७:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंकले गत आर्थिक बर्षमा २ अर्ब ८२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । सेञ्चुरी कमसिर्ययल बैंकलाई अक्वाएर गरेको प्रभुले २०८० असार मसान्त अवधीमा आफ्नो नाफा ४८.४२ प्रतिशतले बढाएर २ अर्ब ८२ करोड रुपैयाँ पुर्याएको हो ।

२०७९ असार मसान्तसम्ममा बैंकको त्यस्तो नाफा एक अर्ब ९० करोड रुपैयाँ थियो । २३ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब २ करोड रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक बर्षमा २ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप उठाएर २ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा लगानी गरि १० अर्ब २५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको प्रति सेयर आम्दानी १२ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १४३.२५ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको आधार ब्याजदर १०.१६ प्रतिशत रहँदा कस्ट अफ फण्ड ७.८३ रुपैयाँ छ । बैंकको खराब कर्जा ४.१६ प्रतिशत रहँदा स्प्रेड भने ४.८६ प्रतिशत पुगेको छ । प्रभु बैंकको सीडी रेसियो भने ८०.३९ प्रतिशत छ । सेञ्चुरीले खराब कर्जा बढेपछि लोन लस प्रोभिजनका लागि २ अर्ब ४३ करोड रुपैयाँ छुट्याएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्