काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान भ्रष्टाचारी ठहर भएका छन् । इलामावादको जिल्ला न्यायालय र सत्र न्यायालयले खानलाई भ्रष्टाचारमा दोषी करार गर्दै तत्काल गिरफ्तार गर्न आदेश दिएको हो । खानलाई ३ बर्ष जेल र एक लाख रुपैयाँ जरिवानाको फैसला भएको छ ।
अदालतको फैसला लगत्तै खानलाई उनको निजी निवास जमान पार्कबाट प्रहरीले गिरफ्तार गरेको छ । खानले आफु प्रधानमन्त्री हुँदा प्राप्त गरेको सरकारी पुरस्कार तथा उपहारहरु बेचेर आफैंले पैसा लिएको आरोप लागेको थियो । खानलाई गिरफ्तार गरेसँगै इस्लामावादसहित ठूला शहरहरुको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रतिक्रिया दिनुहोस्