काठमाडाैं । वर्ष विश्वका ५ सय ठूला कम्पनीको सूची सार्वजनिक गर्दै आएको फर्चुनले सन् २०२३ को सूची बाहिर ल्याएको छ ।
उक्त सूचीको २१२ औं स्थानमा चिनियाँ अटो निर्माता बीवाइडीले आफ्नो स्थान सुरक्षित गरेको छ । सूचीको पहिलो स्थानमा वालमार्टर, दाेस्रोमा अमेजन र तेस्रोमा एक्सन मोविल सामेल छन्। अघिल्लो वर्ष बीवाइडी सूचीको २२४ औंस्थानमा रहेको थियो ।
इलेक्ट्रिक कारको उत्पादन गरेर विश्वबजारमा आफ्नो उपस्थिति मजबुत बनाउँदै आएको बीवाइडीको आम्दानी २०२३ मा ६३ अर्ब डलर पुगेको फर्चुनले उल्लेख गरेको छ । सो आम्दानीबाट कम्पनीले २.४७ अर्ब डलर मुनाफा आर्जन गरेको छ ।
बीवाइडीको माके ट भ्यालू १०४.३२ अर्ब डलर रहेको उल्लेख गरिएको छ । कम्पनीमा ५ लाख ७० हजार कामदारले रोजगारी पाएका छन्। बीवाइडी चीनको सबैभन्दा ठूलोमध्ये एक अटोमोवाइल कम्पनीसमेत हो । सो कम्पनीले बीवाइडी, हान र ट्याङलगायत ब्रान्डमा सवारीसाधन उत्पादनन गरी विश्व बजारमा बिक्री गर्दै आएको छ ।
बीवाइडीको इलेक्ट्रिक कार नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ । सो ब्रान्डलाई नेपालका लागि आधिकारिक वितरकका रुपमा साइमेक्स इंक प्रालिले कारोबार गर्दै आएको हो ।
प्रतिक्रिया दिनुहोस्