काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न फुडमान्डुसँग क्यासब्याक अफरको व्यवस्था गरेको छ ।
उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले योजना अवधिभर प्रत्येक शनिबार फुडमान्डुमा डिजिटल भुक्तानी गर्दा क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले क्युआर कोर्ड स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २ सय रुपैयाँसम्म, सानिमा भिसा डेबिटकार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा अधिकतम ३ सय रुपैयाँसम्म तथा सानिमा भिसा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा अधिकतम ३ सय रुपैयाँसम्मको क्यासब्याक पाउने कम्पनीले जनाएको । ग्राहकहरुले उक्त भुक्तानी भएको एक हप्ताभित्र क्यासब्याक प्राप्त गर्नसक्नेछ ।
यो योजना साउन २० गते शनिबारदेखि, माघ २० गते (याे याेजना ६ महिना) सम्म प्रत्येक शनिबारका लागि लागू हुनेछ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।
छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/products/cards/discount-outlet मा उपलब्ध छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १ सय ३२ वटा कार्यालयहरु तथा १ सय २३ वटा एटिएमहरु सञ्चालनमा छन् ।
प्रतिक्रिया दिनुहोस्