Shikhar Insurance
National Life

७ करोड बराबरको तस्करीको सामान भन्सारलाई बुझाइयो

सिंहदरबार संवाददाता
२०८० श्रावण १९, शुक्रबार १०:३६
Hyundai
NCELL
NIMB

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीमा भारतीय बजारबाट भन्सार छलेर नेपाल ल्याइएको सात करोड ५७ हजार बराबरको सामान भन्सार कार्यालयलाई बुझाइएको छ । गत आर्थिक वर्ष २०७९/८० मा जिल्लाका विभिन्न नाका हुँदै भन्सार छलेर ल्याइएका सामान बरामद गरी भन्सारलाई बुझाइएको हो ।

भन्सार छलेर सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय भिठ्ठामोरलाई बुझाइएको सशस्त्र प्रहरी बल ९ नं. गण कार्यालयले जनाएको छ । सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक लेखनाथ खनालका अनुसार गत आव २०७९/८० मा भारतसँग सीमा जोडिएका जिल्लाको करिब ३९ किलोमिटर क्षेत्रमा विभिन्न नाकाबाट भन्सार छलेर ल्याउन लागिएको सामान नियन्त्रणमा लिई भन्सार कार्यालयलाई बुझाएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भन्सार छलीका सामानमा सबैभन्दा बढी सवारीसाधन रहेका छन् । बरामद गरी भन्सारलाई बुझाइएका दुई सय २० सवारीसाधन ३ करोड ४३ लाख मूल्यबराबरका रहेका छन् । यसैगरी  २३ लाख ८२ हजारको पशुचौपाया तथा ३ करोड २३ लाख मूल्यबराबरका अन्य सामान बरामद गरी भन्सार दाखिला गरिएको एसपी खनालले जानकारी दिए।

बरामद गरिएका अन्यमा एक करोड ९ लाख मूल्यबराबरका किराना र कस्मेटिक सामग्री, ९१ लाख ६० हजारका कपडा, २८ लाख ३० हजारका चौँरी गाईका पुच्छर, २५ लाख ६३ हजारका इलेक्ट्रोनिक्स सामानलगायत छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्