काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक बर्षको असार मसान्तसम्ममा ३ अर्ब १९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको यो नाफा अघिल्लो आवको असार मसान्तको तुलनामा १० प्रतिशत बढी हो ।
२०७९ असार मसान्तसम्ममा बैंकले २ अर्ब ९० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो, जुन २०८० असार मसान्तमा २९ करोडले बढेर ३ अर्ब १९ करोड रुपैयाँ पुगेको हो ।
बैंकको वितरण योग्य नाफा भने ७९ करोड रुपैयाँ मात्रै छ । १४ अर्ब ८ करोड रुपैयँँ चुक्ता पुँजी रहेको बैंकले गत आवको वितरणयोग्य नाफाबाट लगानीकर्तालाई ५.५६ प्रतिशत मात्रै लाभांश दिन सक्छ ।
बैंकको रिजर्भमा भने १० अर्ब ५७ करोड रुपैयाँ रहेको छ । बैंकले गत आवसको असार मसान्तसम्ममा २ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ८४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । जसबाट बैंकले खुद ब्याज आम्दानी ८ अर्ब १७ करोड रुपैयाँ गरेको छ ।
बैंकको प्रति सेयर आम्दानी २२.६४ रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको सोही अवधीमा जम्मा २०.६० रुपैयाँ मात्रै थियो । सिद्धार्थको नेटवर्थ १८०.७३ रहेको छ । बैंकको सीडी रेसियो ७७.१६ छ भने स्प्रेड दर ३.९९ प्रतिशतमा सिमित भएको छ । आधार ब्याजदर ९.९१ रहँदा खराब कर्जा २.०१ प्रतिशत छ ।
प्रतिक्रिया दिनुहोस्