Shikhar Insurance
National Life

सानिमाको छलाङः नाफा २४.८८ %ले बढ्दा लगानीकर्तालाई १७.७३ % लाभांश

सिंहदरबार संवाददाता
२०८० श्रावण १९, शुक्रबार ०७:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकले गत आर्थिक बर्षको चौथो त्रैमासिक अवधीमा अधिकांश वित्तिय परिसूचकहरुमा छलाङ मारेको छ । बैंकले २४.८८ प्रतिशत नाफा वृद्धि गरेर १७.७३ प्रतिशत लाभांश क्षमता कायम गर्न सफल भएको छ ।

सानिमा बैंकले सार्वजनिक गरेको आव २०७९।८० को चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार नाफा २६१ करोड पुगेको छ । जबकी बैंकको त्यस्तो नाफा आव २०७८।६९ को असार मसान्तसम्ममा जम्मा २०९ करोड रुपैयाँ मात्रै थियो । अर्थात बैंकले गत आवमा आफ्नो नाफा ५२ करोडले वृद्धि गर्न सफल भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको वितरण योग्य नाफा नै २२० करोड रुपैयाँ आर्जन भएको छ । १२ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले आफ्ना लगानीकर्तालाई १७.७३ प्रतिशत लाभांश दिन सक्छ । बैंकको जगेडा कोषमा ४ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

बैंकले एक खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ४५ अर्ब रुपैयँँ ऋण लगानी गरेको छ । जसबाट बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ४८ करोड रुपैयाँ भएको देखिन्छ ।

सानिमाको खराब कर्जा १.३० प्रतिशतमा सिमित भएको छ भने आधार ब्याजदर १०.१५ प्रतिशत छ । बैंकको स्प्रेड दर ४ प्रतिशत रहँदा नेटवर्थ १५५.५१ र सीडी रेसियो ७९ प्रतिशत कायम छ । बैंकको प्रति सेयर आम्दानी २१.०२ रुपैयाँ र कस्ट अफ फण्ड ८.२७ रहेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्