Shikhar Insurance
National Life

चन्द्र ढकालको प्रश्न – के ऋण लिएर रोजगारी दिने, कर तिर्नेहरु दोषी नै हुन ?

सिंहदरबार संवाददाता
२०८० श्रावण १८, बिहीबार १८:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्र मन्दीमा गैसकेको बताएका छन् ।

महासंघको नेतृत्व सम्हालेको एक स दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले अर्थतन्त्र मन्दिमा गएको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कोरोनापछी तिब्र बिस्तारको रफ्तारका कारण अहिले अर्थतन्त्र मन्दिमा गएको आरोप पनि लगाए ।
‘कोरोनापछी आक्रामक बिस्तार भएको अर्थतन्त्रमा एक्कासि ब्रेक लगाउद अहिले मन्दी आएको हो । राजस्व पनि १३% घटेको छ’, अध्यक्ष ढकालले भने ।

उनले कर्जाको तुलनामा कुल गार्हस्थ उत्पादन वृद्धि नभएको दोष निजि क्षेत्रलाई मात्रै बोकाईनु गलत भएको बताए ।

‘कर्जा प्रवाहको प्रभाव जिडिपिमा देखिएन भनेर निजि क्षेत्रलाई गाली गरिएको छ । के ऋण लिनु हाम्रो दोष नै हो त ?’ ढकालले प्रश्न गरे ।

कर्जा दिने बैंक, नियमन गर्नुपर्ने राष्ट्र बैक दोषी नहुने तर ऋण लिएर लगानी गर्ने, रोजगारी दिने ब्यवसायी कसरी दोषी भए भन्दै राेष पनि प्रकट गरे ।

‘के ऋण लिने, रोजगारी दिने, कर तिर्नेहरु दोषी नै हुन त ? बैंकले ऋण दिए, हामीले लिएर लगानी गर्यौ । राष्ट्र बैंकले उतिबेला किन नहेरेको ? सबै दोष हाम्रो मात्रै हो र ? केही न केही दोष त सबैको छ ।’, ढकालले भने ।
उनले सबै दोष निजि क्षेत्रलाई मात्रै दिदा देश दुर्घटनामा जाने चेतावनी पनि दिए ।

ब्यवसायीहरुले बर्सौ लगाएर खडा गरेको ब्यवसाय मास्ने काम नगर्न उनले आग्रह पनि गरे । निजि क्षेत्रका मागहरुलाई देशकै माग हुन भनेर बुझ्न् आग्रह पनि गरे ।
अध्यक्ष ढकालले बिधान सन्सोधनको काम सुरु भएको पनि जानकारी दिए ।

महासंघका बरिस्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकर र राष्ट्र बैंकले ब्यवसायीहरुलाई दया गरिदिएको सोच्ने गरेको आरोप लगाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्