Shikhar Insurance
National Life

सबैले इमान्दार भएर काम गरे, याे वर्ष राजस्वको लक्ष्य पूरा हुन्छः अर्थमन्त्री

सिंहदरबार संवाददाता
२०८० श्रावण १८, बिहीबार १७:३४
Hyundai
NCELL
NIMB

वीरगन्ज । अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन् । बिहीबार सुक्खा बन्दरगाह वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा डा. महतले यस्तो बताएका हुन् । ‘भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिनुभयो, सबै इमान्दार बनियो भने हामी सजिलै लक्ष्यमा पुग्न सक्छौं’, मन्त्री डा. महतले भने ।

मन्त्री डा. महले आयत भएन, माग आएन भने भन्सार शुल्क नउठ्नु स्वाभाविक भएको बताए त्यसमा राजश्व नउठ्नुमा कर्मचारीको नियन्त्रण बाहिरको कुरा भएको बताए । तर, बजारमा प्रशस्त माल वस्तु छ, तर राजश्व घटिरहेको छ भने मन्त्री डा. महतले भने, ‘त्यो अवस्थामा तपाईंहरुलाई प्रश्न गर्नेछन् । हामीले यथेष्ट काम गरेनौं, हामी जिम्मेवार भएनौं, हामीले आँखा चिम्ल्यौं अथवा हामीले सार्वजनिकभन्दा निजी फाइदालाई महत्व दिएऔं भने राजस्व कम उठ्छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘दोस्रो यहाँ हामी अनावश्यक झन्झट दिन्छौं, जायज कुरालाई पनि यो भएन भन्छौं, अरू खाले माग गरिराख्यौं भने यो झन्झट  बेहोर्नुभन्दा व्यवसायीले जोखिम मोलेरै भए पनि अर्को बाटो रोज्छौं’ मन्त्री डा। महतले भने, ‘त्यो अवस्थामा प्रहरी प्रशासनको भूमिका रहन्छ ।’

‘जायज कुरालाई नजायज बनाउने थालियो, सार्वजनिकभन्दा निजी फाइदालाई माथि राख्न थालियो भने निश्चित रुपमा व्यवसायीले अर्को बाटो रोज्छन्’, मन्त्री डा. महतले भने, ‘राजश्व संकलनमा भन्सार र सुरक्षा निकायको महत्वपूर्ण भूमिका हुन्छ । भन्सार नाकाभन्दा बाहिरबाट माल वस्तु आयात भयो भने त्यसलाई सुरक्षा निकायले हेर्नुपर्छ ।’ ‘प्रविधिलाई अपग्रेट हुनुपर्छ । सुक्खा बन्दरगाहमा ठूलो मेसिन आयो, त्यो उपयोगमै आएन । किन आएन कसैलाई थाहा छैन, अरूले सहयोग नै गर्न चाहेनन् । यो प्रयोगमा आयो भने निजीलाई फाइदा पुग्दैन भन्ने सुनियो’ मन्त्री डा. महतले भने, ‘प्रविधि भनेको कामलाई सहजीकरण गर्ने हो, जाँचपास विधिलाई सहज बनाउने हो । त्यसलाई ग्रहण गर्नुपर्छ, त्यसलाई अपग्रेट गर्न रिर्सोसको कमी हुँदैन, तर तपाईंहरुले सहयोग गर्नुपर्छ ।’

मन्त्री डा. महतले भने,  ‘म काम गर्न आएको हो, फाइदा उठाउन होइन । फाइदा मलाई सरकारले दिएको छ भन्ने कुरो मनन गर्नुभयो भने राजश्वले लक्ष्य भेट्ने छ ।’

राजश्वको लक्ष्य के छ ? गत वर्ष कस्तो प्रगति भयो, के कारणले लक्ष्य प्राप्त गर्न सकिएन ? कार्यालयको योजना के छ ? यसको समाधान गर्ने बाटो के हुनसक्छ रु मन्त्रालयसँग के अपेक्षा छ ? भन्ने कुरामा सबै स्पष्ट रहेको मन्त्री डा। महतले प्रष्ट पारे ।

हाम्रो आय स्रोतको ८० प्रतिशतभन्दा बढी राजश्वबाट प्राप्त हुन्छ । यो ८० प्रतिशतभन्दा बढी राजश्व हामीले भन्सार आन्तरिक राजश्वबाट उठाउनुपर्छ । यो राजश्वबाट झन्डै आधा अर्थात् ४८ प्रतिशत भन्सारबाट उठाउनुपर्छ । भन्सार योगदानको ४० प्रतिशत सुक्खा बन्दरगाह भन्सार र बीरगन्ज भन्सार कार्यालयबाट प्राप्त हुन्छ । यस हिसाबले कर्मचारीको जिम्मेवारी कति गहन छ भन्ने बुझ्नुपर्ने मन्त्री डा. महतको भनाइ छ ।

‘राजश्वको लक्ष्य प्राप्त गर्नका लागि धेरै ठूलो जिम्मेवारी यी दुई भन्सार कार्यालयको छ । सुख्खा बन्दगाहमा के भइरहेको छ ? वीरगन्ज भन्सार कार्यालयमा के भइरहेको छ ? सबैले हेरिरहेका हुन्छन् । त्यहाँ त लक्ष्य प्राप्ति भएको छैन, हामीलाई मात्रै भन्ने ? वीरगन्जमा हुनुपर्यो नि, सुक्खा बन्दगाहमा हुनुपर्यो ? भनेर तपाईंहरुलाई भन्ने छन्’ मन्त्री डा. महतले भने, ‘त्यसकारण तपाईंहरु सजक रहनुहोस् ।’

GBIME

प्रतिक्रिया दिनुहोस्