Shikhar Insurance
National Life

दुई कम्पनीको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कुनकाे कति ?

सिंहदरबार संवाददाता
२०८० श्रावण १८, बिहीबार १३:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाको सेयर सूचीकृत भएको छ । बिहीबार दुबै कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको र संस्थापकहरूले लगानी गरेको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेपाल रिपब्लिक मिडिया लिमिटेडको पनि ९६ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । सर्वसाधारण सेयरधनीहरुलाई निष्काशन गरेको ४३ लाख ५३ हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ५३ लाख २२ हजार कित्ता सेयर गरी सो बराबरको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ८४ रुपैयाँ ४७ पैसा देखि २५३ रुपैयाँ ४१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा आइतबारदेखि कम्पनीको सेयर कारोबारमा आउनेछ ।

कम्पनीको सेयरलाई नेप्सेले एनआरएम कारोबार संकेत प्रदान गरेको छ ।

त्यसैगरी, आइएमई लाइफ इन्स्योरेन्सको ४ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । सर्वसाधारणका लागि निष्काशनमा ल्याएको १ करोड २० लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको २ करोड ७० लाख कित्ता सहित सो बराबरको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम १७६ रुपैयाँ ५३ पैसा देखि ५२९ रुपैयाँ ५९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा आइतबार देखि कम्पनीको सेयर कारोबारमा आउनेछ ।

कम्पनीको सेयरलाई नेप्सेले आइएलआई कारोबार संकेत प्रदान गरेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्