Shikhar Insurance
National Life

बोर्डबाट सोनापुर मिनिरल्सले पाए प्रिमियममा आईपीओ निष्काशन गर्ने अनुमति, प्रतिकित्ता कति ?

सिंहदरबार संवाददाता
२०८० श्रावण १७, बुधबार १८:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री गर्न अनुमति दिएको छ । बोर्डले असार १७ गते कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले प्रतिकित्ता अंकित मुल्य १०० रुपैयाँमा थप प्रिमियम सहित एक अर्ब ६६ करोड ६१ लाख ४९ हजार ७३८ रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता सेयर निष्काशन अनुमति पाएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले आयोजना प्रभावित क्षेत्रमा बासिन्दाहरुका लागि अंकित मुल्य १०० रुपैयाँमा १२५ रुपैयाँ थप प्रिमियम सहित प्रतिकित्ता २२५ रुपैयाँमा सेयर निष्काशन गर्नेछ । यस्तै सर्वसाधारणको लागि १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा थप प्रिमियम सहित प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा सेयर निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्