Shikhar Insurance
National Life

नेपालमा एलिका ब्रान्डको पहिलो शोरुम टेकुमा

सिंहदरबार संवाददाता
२०८० श्रावण १७, बुधबार १५:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत एलिका ब्रान्डको पहिलो एक्सक्लुसिभ ब्रान्डसप काठमाडौंको टेकुमा खोलिएको छ । एलिका पिबी व्हर्पुल किचेन अप्लाएन्सेस प्रालिका प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक प्रल्हाद भुताड र सीजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष एसी साबुको उपस्थितिमा साउन १७ गते शोरुमको उद्घाटन भएको छ ।

एलिका ब्रान्डसपमा एलिका ब्रान्डको चिम्नी, बिल्ट–इन ओभन, माइक्रोवेभ ओभन, डिसवासर, कुकिङ्ग रेन्ज, हब्स र कुक टप्स लगायत अन्य विभिन्न घरायसी विद्युतीय सामाग्रीहरु छन् । यस एलिका ब्रान्डसप टेकुको मुख्य व्यापारिक केन्द्रमा पर्छ जहाँ निःशुल्क पार्किङ्गको पनि व्यवस्था रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

काठमाडौंको स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन, बिक्री वितरण तथा अन्तर्राष्ट्रिय स्तरको ग्राहक सेवा, उपयोग तथा विस्तृत जानकारी प्रदान गराउने उद्देश्यसहित यो शोरुम सञ्चालन गरिएको छ ।

दक्ष्य तथा अनुभवी बिक्री प्रतिनिधिहरुबाट यहाँ भएका विद्युतीय सामग्रीहरुको पूर्ण जानकारी पनि लिन सकिने छ । यो शोरुम सातै दिन बिहान १०ः०० बजेदेखि बेलुका ७ः३० बजेसम्म खुला रहने छ । ग्राहकवर्गका लागि अन्य थप जानकारी चाहिएमा निम्न फोन नम्बर ०१–५९१४१७९, ५९१४३७९ हरुमा सम्पर्क गर्न सकिने कुराको जानकारी पनि गरिन्छ ।

काठमाडौंको टेकुमा खोलिएको यस एलिका ब्रान्डसप मा ओपेनिङ्ग को विशेष छुट, शून्य प्रतिशत सरल किस्ताबन्दी, निःशुल्क जडानका साथसाथै पीलाइभडी र पीएमएसको पनि व्यवस्था गरिएको छ । त्यसका साथै ग्राहक वर्गको आवश्यक्ताअनुसार निःशुल्क साइट भिजिटको पनि व्यवस्था छ ।

योसँगै काठमाडौंको टेकुमा खोलिएको यस एलिका ब्रान्डसप अब सीजी इलेक्ट्रोनिक्सको रिटेल चेन शोरुमअन्तर्गत २४ औं शाखा रहने छ र आगामी दिनमा अझै धेरै शाखाहरु देशका विभिन्न सहरमा बिस्तार गरिने पनि कम्पनीले जानकारी दिइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्