Shikhar Insurance
National Life

प्रभु बैंकबाट विद्युतीय सवारीका लागि सर्वसुलभ कर्जा

सिंहदरबार संवाददाता
२०८० श्रावण १७, बुधबार १४:४१
Hyundai
NCELL
NIMB

काठमाडौँ । प्रभु बैंक र भीजी इम्पेक्स प्रालिबीच विद्युतीय सवारीसाधनमा कर्जा लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र भीजी इम्पेक्स प्रालिका तर्फबाट उपाध्यक्ष रुपेश शर्मा भट्टले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र भीजी इम्पेक्स प्रालिबीच सम्पन्न उक्त सम्झौताअनुसार भीजी इम्पेक्स प्रालिबाट आयात गरिएको इलेक्ट्रिक भेहिकल, इच्छुक ग्राहकले खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाल बैंकको देशभर रहेको ३ सय १ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । उक्त सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्