Shikhar Insurance
National Life

नबिल बैंकले गणपति वनस्पतिका आधिकारिक डिलरलाई च्यानल फाइनान्सिङ सुविधा दिने

सिंहदरबार संवाददाता
२०८० श्रावण १७, बुधबार १४:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकले ‘लक्की ग्रुप’ अन्तर्गतको खाने तेल प्रशोधन गर्ने उद्योग गणपति वनस्पति लिमिटेडका आधिकारिक डिलर तथा बिक्रेताहरूलाई च्यानल फाइनान्सिङ सुविधा दिने भएको छ ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा गणपति वनस्पति लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष तथा लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर र नबिल बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो कार्यक्रममा कम्पनीका तर्फबाट लक्की ग्रुपका अध्यक्ष सतिशकुमार मोर, उपाध्यक्षद्वय श्रवणकुमार मोर र राजकुमार मोर साथै कार्यकारी निर्देशकहरू अनन्ता मोर, क्रषिराज मोर, राजीव मोर र कम्पनीका उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो भने बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृतहरू मनोज ज्ञवाली, सुजित शाक्य, भुपेन्द्र पाण्डे, कर्पोरेट हेड ज्ञानेन्द्र शाह लगायतका कर्मचारीको उपस्थिति थियो ।

नेपाल गुणस्तर चिन्ह तथा ISO 9001: 2015, 14001:2015 प्राप्त यस उद्योगले सफारी र रामदेब ब्राण्डहरुमा प्रशोधित सनफलावर तेल, सोयाबिन तेल, तोरी तेल र पामोलीन तेल बिक्री वितरण गर्दै आएकोमा हालै मात्र नेबारी प्लस ब्राण्डलाई पनि बजारमा ल्याएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्