काठमाडौं । बुधबार चन्द्रागिरि हिल्सले १४ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीको व्यवस्थापक समूहले अध्यक्ष हेमराज ढकालको अध्यक्षता एवं संचालक समितिका सदस्यहरुको मुख्य आतिथ्यतामा एक दिने कार्यक्रम सम्पन्न गरिएको छ ।
समारोहमा कम्पनीको तर्फबाट आयोजना गरिएका विभिन्न ६ वटा विधाहरू मध्येबाट उत्कृष्ट हुने विजेता तथा उपविजेताहरूलाई कम्पनीका अध्यक्षले प्रमाणपत्र तथा ट्रफी वितरण गरी हौसला प्रदान गरेका थिए ।
त्यसैगरी सोही अवसरमा कम्पनीमा ५ वर्ष सेवा अवधि पुगेका, यस वर्षको अवधिभरीमा सबैभन्दा राम्रो उत्कृष्ट कार्य गरी उदाहरणीय बन्न सफल भएका ४ जान कर्मचारीलाई प्रमाणपत्र, चाँदीको लकेट, एक रातका लागि परिवारसहित निःशुल्क रिसोर्ट बस्ने भौचर कुपनसमेत प्रदान गरिएको थियो ।
यस्तै कम्पनीमा कार्यरत एक्जुकेटिभ तहका दुई जना कर्मचारीलाई तोकिएको आफ्नो जिम्मेवारी अनुसारको काम गर्न सफल भएकामा प्रमाणपत्र तथा घरमा प्रयोग हुने खालको उपहार दिई अध्यक्षबाट सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा विभिन्न किसिमको सास्कृतिक कार्यक्रम संचालन गरी मनोरञ्जन प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्