काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक बर्षमा एक अर्ब ८५ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको आर्थिक बर्ष २०८९।८० को चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार आफ्नो नाफा १०.११ प्रतिशतले वृद्धि गरेर एक अर्ब ८५ करोड पुर्याएको हो । बैंकले आव २०७८।७९ मा एक अर्ब ६८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आवमा भने त्यस्तो नाफा १७ करोडले वृद्धि भएको देखिन्छ ।
बैंकले गत आवमा एक अर्ब ५६ करोड वितरण योग्य नाफा आर्जन गरेको छ । १० अर्ब २५ करोड चुक्ता पुँजी रहेका बैंकले आफ्ना लगानीकर्तालाई गत आवको वितरण योग्य नाफाबाट १५.२१ प्रतिशत भन्दा बढी लाभांश दिन सक्छ । बैंकको जगेडा कोषमा ४ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । सो कोषमा अघिल्लो असार मसान्तमा ३ अर्ब ६० करोड रुपैयाँ थियो ।
माछापुच्छ्रे बैंकले गत आर्थिक बर्षमा १५४ अर्ब निक्षेप संकलन गरेर १२६ करोड रुपैयाँ ऋण प्रवाह गरेको देखिन्छ । त्यस्तो निक्षेपबाट बैंकले ५ अर्ब ३८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । बैंकको प्रति सेयर आम्दानी पनि बढेर १८.०५ रुपैयाँ पुगेको छ जुन अघिल्लो असार मसान्तमा जम्मा १६.४४ रुपैयाँ मात्रै थियो ।
बैंकको सीडी रेसियो ८०.६४ प्रतिशत छ भने आधार ब्याजदर १०.७४ प्रतिशत छ । स्प्रेड दर ३.९५ प्रतिशतमा सिमित गरेको बैंकको खराब कर्जा २.१२ प्रतिशत कायम छ । बैंकको नेटवर्थ भने १५९.१ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्