Shikhar Insurance
National Life

‘नेपालको विकासका लागि अमेरिकी सहयोग नियोग महत्वपूर्ण साझेदार’

सिंहदरबार संवाददाता
२०८० श्रावण १७, बुधबार १०:४२
Hyundai
NCELL
NIMB

वाशिङ्गटन डिसी । अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी सहयोग नियोग (यूएसएआइडी) नेपालको सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण साझेदार भएको बताएका छन् ।

नेपालको पर्यटन प्रवर्द्धनका लागि यूएसएआइडी र नेपाल पर्यटन बोर्डको संयुक्त प्रयासमा तयार पारिएको नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी श्रव्यदृश्य सामग्रीको आज वाशिङ्गटन डिसीमा शुभारम्भ गर्दै राजदूत खत्रीले नेपालको प्राकृतिक सम्पदाको प्रचुरता र नेपाली संस्कृतिको विविधताले विश्व समुदायमा सदैव प्रशंसनीय भूमिका निर्वाह गरेको बताए। नेपालको प्रजातान्त्रिक प्रक्रिया र आर्थिक सुदृढीकरणले बाह्य लगानीका लागि ढोका खुला गरेको उल्लेख गर्दै ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रमा लगानी गर्नुपर्नेमा उनले जोड दिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा यूएसएआइडीकी उपसहायक निर्देशक अञ्जली कौरले यूएसएआइडीले नेपालको विकासका लागि प्राथमिकतामा राखेका क्षेत्र कृषि, पर्यटन र सूचना प्रविधि भएको बताए । उनले भने, “यूएसएआइडीले नेपालको पर्यटन बोर्डसँग मिलेर पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न पाएकामा हामी खुसी छौं । आगामी दिनमा यूएसएआइडीले नेपालको विकासका लागि सहयोग जारी राख्ने कौरले बताए ।

अमेरिकी टिभी च्यानल पिविएसले नेपालको पर्यटन प्रवद्र्धनसम्बन्धी श्रव्यदृश्य सामग्री पाँच शृङ्खला तयार पारेर विभिन्न ठाउँमा प्रसारण गर्ने छ । पिविएस च्यानलका कार्यक्रम प्रस्तोता तथा कार्यकारी निर्माता डेनिस व्होले तयार पार्नुभएको उक्त सामग्री अन्यत्र पनि प्रदर्शन गरिनेछ । कार्यक्रममा नेपालका लागि अमेरिकाका पूर्वराजदूत पिटर वोडे, एनआरएनका अध्यक्ष डा. अर्जुन वञ्जाडे, दूतावासका अधिकारीलगायतको सहभागिता थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्