Shikhar Insurance
National Life

डिजेल र पेट्रोलको मूल्य बढ्याे, ग्यासमा १३० रुपैयाँ घट्याे, अब कति ?

सिंहदरबार संवाददाता
२०८० श्रावण १६, मंगलवार २१:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । ईन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार निगमले नेपालमा पनि मूल्य समायोजन गरेको हो ।

निगमले डिजेल तथा मट्टीतेलको मूल्य प्रती लिटर ७ रुपैयाँ र पेट्रोलको प्रत लिटर ९ रुपैयाँले वृद्धि गरेको हो ।
निगमले साउन १६ गते मध्यराति देखि लागू हुने गरि नयाँ मूल्य तोकेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७३ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टीतेलको मूल्य प्रती लिटर १५३ रुपैयाँ पर्नेछ ।

निगमले खाना पकाउने ग्यासको मूल्य भने १३० रुपैयाले घटाएको छ । अब खाना पकाउने ग्यासको मूल्य प्रती सिलिन्डर १६६० रुपैयाँ पर्नेछ ।
हवाई इन्धनको मूल्य भने यथावत रहेको छ ।
आईओसीले निगमलाई साउन १६ गते नै नयाँ मूल्य शुचि पठाएको थियो । जसमा पेट्रोलको मूल्य ८.१४ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य ६.८३ रुपैयाँले वृद्धि गरेर पठाएको थियो ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रती सिलिन्डर ११७.६२ रुपैयाँले घटाएर पठाएको थियो ।
निगमले साउन १ गते स्वचालित मूल्य प्रणाली लागू गरेको थियो ।
निगमले कहिल्यै नोक्सानीमा जानु नपर्ने गरि स्वचालित मूल्य प्रणाली कार्यान्वयन आरम्भ गरेको थियो । निगमले

GBIME

प्रतिक्रिया दिनुहोस्