Shikhar Insurance
National Life

ॐ हस्पिटलमा वैद्य अर्गनाइजेसनका कर्मचारीलाई उपचारमा विशेष छुट

सिंहदरबार संवाददाता
२०८० श्रावण १६, मंगलवार १७:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । ॐ हस्पिटलमा वैद्य अर्गनाइजेशनका कर्मचारीलाई उपचारमा बिशेष छुटको व्यवस्था गरेको छ । चावहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र काठमाडौं धुम्वाराहीस्थित वैद्य अर्गनाइजेशन बीच विशेष छुट सहित सेवा सम्वन्धी सम्झौता भएको हो ।

वैद्य अर्गनाइजेशनको कार्यलयमा आयोजित संक्षिप्त कार्यक्रममा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत यम वहादुर महत तथा वैद्य अर्गनाइजेशनका निर्देशक वेद वहादुर श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वैद्य अर्गनाइजेशनका सदस्य र कर्मचारीहरुको लागी आवश्यक स्वास्थ्य उपचार सेवा सुलभ र सहज रुपमा पुर्याउने उदेश्यले सम्झौता गरेको जनाइएको छ ।

सम्झौता अनुसार बैद्य अर्गनाइजेशनसँग सम्वन्धित कर्मचारी तथा निजका परिवारका सदस्यहरुले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबाट ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ अन्तर्गत पुर्णकालिन आवश्यक सेवाहरु विशेष छुटमा सहजरुपमा लिन सक्नेछन् ।

सम्झौतामा चिकित्सकसँगको परामर्श, विषेशज्ञ उपचार सेवा, नर्सिङ केयर, एम्बुलेन्स सेवामा समन्वय, ल्याब टेस्ट, विभिन्न खोपको लागी व्यवस्था, रगत परिक्षण तथा प्रि हेल्थ चेकअप सेवा लगायतका सुविधाहरु उपलब्ध हुने जनाइएको छ ।

ॐ अस्पतालले कर्पोरेट डेस्क मार्फत वैद्य अर्गनाइजेशनको संस्थागत सिफारिसमा उपचार तथा परिक्षणका लागि आउनुहुने सेवाग्राहिका लागि सम्पर्क ब्यक्तिको समेत व्यवस्था गरेको छ ।

समारोहमा वैद्य अर्गनाइजेशनका एचआर तथा एडमिन प्रमुख विनिता कुईँकेल र ॐ हस्पिटलका विजनेस डेभलपमेन्ट म्यानेजर विनोद अधिकारी सहभागी थिए।

नेपालको निजी क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य उपचार सेवा प्रदायक ॐ अस्पतालले दुई दशक अधिदेखि नै आफ्नो व्यापार प्रवर्द्धन नीति अनुसार विभिन्न संघ संस्थाहरुसँग स्टाफ तथा परिवारजनसँगै ग्राहकहरुकालागि सरलिकृत सेवा दिने र शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरी सोहि अनुरुप सेवा उपलव्ध गराउँदै आएको छ ।

निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ले एकै छानामुनी आकस्मिक उपचार देखी सघन उपचार अनि पेन मेडिसिन लगायत अन्य ३७ वटा भन्दा बढी विषयहरुमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्