Shikhar Insurance
National Life

सुनकाे मूल्य ४ सयले बढ्यो, कतिमा हुँदैछ काराेबार?

सिंहदरबार संवाददाता
२०८० श्रावण १६, मंगलवार १२:३०
Hyundai
NCELL
NIMB

काठमाडाैं। नेपाली बजारमा मंगलबार  सुन प्रतितोला ४ सय र चाँदी २५ रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्