काठमाडौं । कृषि विकास बैंक, बैंकका कर्मचारीहरु र सर्वसाधारण समेतको सहभागिता रहने गरी बैंकका कर्मचारीहरुको सञ्चयकोषको रकम तथा अन्य पुँजी रकमलाई घर जग्गा व्यवसाय, संगठित संस्थाहरुको धितोपत्र तथा ऋणपत्रहरु र अन्य संभाव्य क्षेत्रमा लगानी गरी उक्त लगानीमा अधिकतम प्रतिफल प्राप्त गर्ने उद्देश्यका साथ स्थापित यस कम्पनीले आफ्नो वेबसाइट सञ्चालनमा ल्याएको छ ।
२०५० साल चैत २३ गतेका दिन कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई २०५० चैत ३० गतेदेखि सञ्चालनमा आएको यस कोष व्यवस्थापन कम्पनीले जनाएको छ।
साउन १२ गते शुक्रबारका दिन उक्त कम्पनीका सञ्चालक समितिका अध्यक्ष प्रताप सुवेदीलगायत सञ्चालकहरु मीनराज पोखरेल, सुशील हुमागाईं, सूर्यप्रकाश हाडा, दिल बस्नेत, कम्पनीका महाप्रबन्धक उमेशराज रिजाललगायत सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा कम्पनीको आफ्नै वेबसाइट www.fmcl.org.npको शुभारम्भ गरी कम्पनीका गतिविधिहरु वेबसाइटमार्फत आफ्ना स्टेकहोल्डरहरुलाई जानकारी गराउने कार्यको सुरुवात गरेको जानकारी गराएको छ ।
यसले गर्दा कम्पनीका विभिन्न क्रियाकलाप तथा कम्पनीका अवस्थाबारे सरोकारवालाहरुलाई जानकारी लिन सहयोग पुग्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्