Shikhar Insurance
National Life

नेपाल सरकारको अनुदानमा पोखरामा २ हजार १५० मेट्रिक टन कृषि मल वितरण गर्ने

सिंहदरबार संवाददाता
२०८० श्रावण १४, आईतवार १४:१६
Hyundai
NCELL
NIMB

गण्डकी । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा महानगर क्षेत्रका किसानलाई नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मल दुई हजार एक सय ५० मेट्रिक टन वितरण गर्ने लक्ष्य राखेको छ ।

महानगरपालिकाभित्र मलको बिक्री वितरणका लागि ७० केन्द्र सूचीकृत गरिएको र अघिल्लो वर्षको खपत अवस्था हेरेर यस आवका लागि लक्ष्य निर्धारण गरिएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । गत आर्थिक वर्षमा पोखरामा युरिया, डिएपी र पोटास गरेर एक हजार नौ सय ७७ दशमलव ६५ टन मल खपत भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसमध्ये युरिया एक हजार दुई सय २१ दशमलव ७५ टन खपत भएको थियो । त्यस्तै डिएपी ६ सय ६३ दशमलव ८५ टन, पोटास ३९ दशमलव ९५ टन र कृषि चुन दुई दशमलव एक टन खपत भएको थियो । मलको डिपोदेखि बिक्री केन्द्रसम्मको दूरीका आधारमा २५ किमिसम्म युरिया प्रतिकिलो १९.४५ देखि २१ रुपैयाँ पाँच पैसासम्म निर्धारण गरिएको छ ।

त्यस्तै डिएपीको ४८ दशमलव ४५ देखि ५० रुपैयाँ पाँच पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ पाँच पैसासम्म तोकिएको कडरियाले जानकारी दिए। मल बिक्रेताले प्लास्टिक झोलाको मूल्य प्रतिकिलो थप दुईसम्म लिनसक्ने व्यवस्था गरिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्