Shikhar Insurance
National Life

मिटरब्याजीविरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुरले थाल्यो कारबाही

सिंहदरबार संवाददाता
२०८० श्रावण १४, आईतवार १२:११
Hyundai
NCELL
NIMB

काठमाडौं । २०८० साल वैशाख २० गते गठन भएको अनुचित लेनदेन (मिटरब्याज)को आयोग गठन भएको लगत्तै ललितपुरमा मात्र २ सय रुपैयाँभदा बढी मिटरब्याज पीडित पक्षले उजुरी दिएका थिए । ललितपुर जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनेमा देशकै सबैभन्दा ठूलो मुद्दा समस्यामा परेको देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईले दर्ता गराएका थिए ।

उनले १५ जना मिटरब्याजीविरुद्ध ५ अर्ब ४० करोड बराबरको मुद्दा ०८० असार १२ गते जिप्रका ललितपुरमा दर्ता गराएका थिए । सो मुद्दामा ०८० साल असार २५ गतेदेखि छानबिन सुरु भएको थियो । छानबिन सुरु भए लगत्तै २ जना मिटरब्याजीले चलनचल्तीभन्दा बढी लगेको ब्याज फिर्ता गरेका मिटरब्याज पीडित चौलागाईंले बताए । उनले उजुरी दिएकामध्ये बाँकी १३ जनासँग ठूलो कारोबार भएको कारण छानबिन गर्न समय लागेको देखिन्छ । चौलागाईंले दर्ता गरेको मुद्दामा सबैभन्दा धेरै कारोबार पुल्चोकका रोविन महर्जनसँग भएको पाइएको छ । उनीसँग करिब ४ अर्ब कारोबार भएको चौलागाईंको दाबी छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विवरण हेर्दा रोविन महर्जनले चौलागाईंलाई दिएको कारोबार ६० करोड छ भने उनले चौलागाईंसँग ४ अर्ब बराबर बैंकमार्फत लिएको देखिएको छ । सामान्य जग्गाको कारोबार गर्ने रोविन मर्हजनको ३ वर्षयता करिब ६ अर्ब सम्पत्ति थुप्रिएको स्रोतले बतायो । उनको ललितपुर सैबु भैंसेपाटी आवासभित्र ३ वटा घर, करिब ५० करोड मूल्य बराबरको सातदोबाटोमा २० आनामा आलिसान घर, करिव ३० करोडको वी एन्ड बी अस्पतालसँगै १७ आना जग्गा, २५ करोड बराबरको झम्सीखेलमा २३ आनामा आलिसान दरबार (जो ५५ करोड भन्दा बढीको छ, जहाँ उनी आफैं बस्ने गरेका छन् ), झम्सीखेल डिएभी स्कुल मेनरोडमा २५ आनामा करिब ६० करोडको जग्गा, बखुन्डोल चैतन्य स्पा ३२ आनामा करिब ५० करोडको स्पा, सानेपामा १० आना जग्गा, इमाडोलमा १० आना जग्गामा घर रहेको स्रोतले बतायो छ । उनको व्यापारका नाममा साम्राट मार्केटिङ नाम गरेको छोराको नाममा कम्पनीसमेत छ ।

जसमा केही व्यापार छैन । उक्त कम्पनीमा माछापुच्छे बैंकले ४ करोड कर्जा दिएको छ । रोविन मर्हजनको पुच्वः नाम गरेको सहकारी पनि छ । उनका नगद करोबार कुमारीपाटी पञ्चशिल सहकारी, ज्योतिपुञ्ज सहकारी, पुच्वः सहकारीमा ठुलो कारोबार गरेको देखिन्छ । सामान्य व्यापारीको नाममा यी सहकारीले अर्बांै कारोबार कसरी गरे ? जिल्ला प्रशासन कार्यालयले रोविनको सबै कारोबार मागिसकेको छ । उनको कारोबारमाथी शंका उब्जिसकेको छ । उनको बैंक र सहकारी गरेर करिब ७ अर्ब जतिको कारोबारको कागजपत्र प्रशासन कार्यालयमा पुगिसकेको छ । अरू आउन बाँकी छ भन्ने कुरा मिटरब्याज आयोगले बताएको छ ।

२०८० सालमा समस्यामा परेको गुडवील सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ अहिले जेलमा छन् । उनको नाममा पनि कारोबार देखिएका कारण उनलाई बयान दिनका लागि जिप्रका बोलाइएको थियो । नीज दिवाकर श्रेष्ठले पनि रोविन मर्हजनले २ अर्ब मिटरब्याज लिएकोले आफनो सहकारीको पैसा फिर्ता दिन नसकेर जेल परेको बताउने गरेका छन् ।
रोविनलगायत अरू १२ जना रवि मर्हजन, विज्ञान भारी, देवेन्द्र आचार्य, मोहन घिमिरे, सुमन मर्हजन, सञ्जय अधिकारी, रुविन महर्जन, सिताराम राउत, विवेक केसी, आशिस प्रधान सबै मिटरब्याजी पुष्टि भएको जनाइएको छ । उनीहरुविरुद्ध ज्ञानेन्द्र मर्हजन जस्तै सम्पत्ति शुद्धीकरण गरी जेल चलानसम्म हुनसक्ने सम्भावना रहेको हालै राष्ट्रपतिबाट मिटरब्याजसम्बन्धी विधेयक पारित हुनुले देखाएको छ । उनीहरु उच्च तहका नेताहरुको संरक्षणमा रहे पनि मिटरब्याजीलाई कारबाही गर्ने कानुन बनेकाले गलत गर्ने कोही पनि उम्कन नसक्ने देखिएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्