Shikhar Insurance
National Life

एभरेष्ट बैंककाे १२७औं शाखा जनकपुरकाे मुरली चोकमा

सिंहदरबार संवाददाता
२०८० श्रावण १२, शुक्रबार १७:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेष्ट बैंकले शुक्रबार जनकपुरको मुरली चोकमा आफ्नो १२७ औं शाखा उद्घाटन गरेको छ ।

उक्त शाखाको उद्घाटन जनकपुर उप–महानगरपालिका-४ का वडा अध्यक्ष सुरेश झा र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले संयुक्त रुपमा गरे । उक्त उद्घाटन समारोहमा बैंकका मधेस प्रदेशका प्रादेशिक–प्रबन्धक विभूति न्यौपानेलगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो उद्घाटन समारोहमा अध्यक्ष झाले जनकपुर क्षेत्रमा दोस्रो शाखाको रुपमा मुरली चोकमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए ।

साथै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शर्माले मुरली चोक र जनकपुर आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिवद्दता व्यक्त गर्नुका साथै पंजाब नेसनल बैंक भारतसँगको साझेदारीले गर्दा स्थानीय बासिन्दालाई रेमिटान्स र अन्य बैंकिङ सेवा तथा सुविधा उपभोग गर्न अझ सहज हुने विश्वास व्यक्त गरे ।

योसँगै जनकपुरमा बैंकको शाखा संख्या २ पुग्नुका साथै मधेस प्रदेशमा १४ पुगको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्