Shikhar Insurance
National Life

सानिमा बैंकको एटिएम हुवासिन सिमेन्ट उद्योगको परिसरमा

सिंहदरबार संवाददाता
२०८० श्रावण १२, शुक्रबार १३:११
Hyundai
NCELL
NIMB

काठमाडौं। रोराङ गाउँपालिका, धादिङका स्थानीयबासीहरु माझ वित्तीय पहुँच पुर्याउने उद्देश्यले सानिमा बैंकले बुधबार बेनीघाट रोराङ गाउँपालिका ताल्तीमा अवस्थित हुवासिन सिमेन्ट उद्योगको परिसरमा एटिएम बुथको स्थापना गरेको छ ।

साे एटिएम बुथको एक समारोहका बीच बेनीघाट रोराङ गाउँपालिका-२ का अध्यक्ष हेमराज भुजेल, सो उद्योगका जेनेरल मेनेजर छिङ च्याङ होङ तथा बैंकका प्रमुख संस्थागत निक्षेप श्रीमती रमिला श्रेष्ठ तथा बागमती प्रदेश क्लस्टर- २ का प्रमुख निरज सिम्खडाद्वारा संयुक्त रुपमा गरे।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष हेमराज भुजेल तथा जेनेरल मेनेजर छिङ च्याङ होङले यस गाउँपालिकामा बैंकिङ सेवा विस्तार गरी वित्तीय पहुँच बढाउन सहयोग गरेकोमा बैंकलाई धन्यबाद दिए ।

त्यसैगरी बैंकका प्रमुख संस्थागत निक्षेप श्रीमती रमिला श्रेष्ठले यस क्षेत्रको जनताको वित्तीय आवश्यकतालाई महसुस गरी एटिएम स्थापना गर्न अवसर जुटाइदिनुहुने सम्पूर्ण सरोकारवालालाई धन्यबाद ज्ञापन गर्दै उक्त एटिएमको भरपुर उपयोग गर्दै यस क्षेत्रका बासिन्दा लाभान्वित हुने विश्वास व्यक्त गरिन् । साथै, आगामी दिनमा पनि वित्तीय पहुँचका अन्य क्षेत्रमा पनि सहकार्य गर्दै जाने जानकारी गराइन् ।

सानिमा बैंककोे सातै प्रदेशमा १ सय ३२ वटा कार्यालय र १ सय २३ वटा एटिएम सञ्जाल छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्