काठमाडौं । एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजना एनआइबिएल सहभागिता फन्डले इकाईधनीहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ । फण्डले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई वितरण गर्न कर सहित ४ प्रतिशत लाभांश घोषणा गरेको हो।
लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मितिसमेत तय भएको छ । क्यापिटलका अनुसार बिहीबार (साउन ११ गते) बुक क्लोज भएको छ । तसर्थ, सो मितिसम्म कायम रहने इकाईधनीहरुले मात्र प्रस्तावित प्रतिफल पाउने यस क्यपिटलले जनाएको छ ।
यो एक खुलामुखी योजना भएकोले यस योजनाका इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश रकम बराबरले हुन आउने रकम समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना मार्फत उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गर्न सक्ने समेत सुविधा रहेको छ। सो योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराईसकेका योग्य इकाईधनीहरुको खातामाा यथासिघ्र इकाईहरु पठाइने योजना व्यवस्थापकले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ।
यस फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको समेत कार्य गर्ने योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया दिनुहोस्