काठमाडौं । सिटिजन्स बैंक इन्टनरेसनले गत आर्थिक वर्षमा २ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरणअनुसार नाफा २ अर्ब २१ करोड रुपैयाँ पुगेको हो । गत अघिल्लो आवको सोही अवधीमा बैंकको नाफा २ अर्ब रुपैयाँ मात्रै थियो । अर्थात् बैंकको नाफा १०.५ प्रतिशतले वृद्धि भएको हो ।
बैंकको वितरण योग्य नाफा एक अर्ब ३ करोड रुपैयाँ रहेको छ । १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिटिजन्स बैंकको जगेडा कोषमा ६ अर्ब ७ करोड रुपैयाँ छ । बैंकले गत आर्थिक वर्षमा एक खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ४० अर्ब रुपैयाँ कर्जा लगानी गरि ५ अर्ब ८७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको देखिन्छ ।
बैंकको प्रति सेयर आम्दानी बढेर १५.५९ रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको समाप्तिमा १४.१२ रुपैयाँ मात्रै थियो । बैंकको नेटवर्थ १५०.०८ रुपैयाँ छ । आधार ब्याजदर १०.५१ प्रतिशत रहँदा स्प्रेड दर ४ प्रतिशतमा झरेको छ । सिटिजन्स बैंकको सीडी रेसियो भने ८२.४० प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्