Shikhar Insurance
National Life

अबैध रूपमा ल्याएको १०० किलो सुन गालेको प्रत्यक्ष प्रसारण टेलिभिजनमार्फत कहिले हेर्न पाइने ?

सिंहदरबार संवाददाता
२०८० श्रावण ११, बिहीबार १५:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । त्रिभुवन विमानस्थलबाट अबैधरुपमा ल्याएको १०० किलो सुन गालेको प्रत्यक्ष प्रसारण गरिने भएको छ । साउन २ गते, हङकङबाट स्कुटरको ‘ब्रेक सु’मा लुकाएर सुन ल्याइएको थियो । सोही सुन ‘ब्रेक सु’बाट छुट्याएर पक्का गरिने प्रक्रिया अब सर्वसाधारणले पनि प्रत्यक्ष प्रसारण हेर्न पाउने भएका हुन् ।

राजस्व अनुसन्धान विभागले सुन गालेको सबै प्रक्रियाबारे जानकारी दिन प्रत्यक्ष प्रसारण गर्ने तयारीमा लागेको जनाएको छ । सुन तस्करी प्रकरणकाबारेमा सबै जानकारी तथा सूचना टेलिभिजनको प्रत्यक्ष प्रसारण मार्फत दिइने तयारी भइरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राजस्व अनुसन्धान, भन्सार विभाग, राष्ट्र बैंक आन्तरिक लेखा परीक्षण विभाग, टक्सारलगायतका ८ देखि १४ जना अधिकारीको प्रत्यक्ष निगरानीमा यो प्रक्रिया गरिनेछ ।

‘ब्रेक सु’बाट सुन अलग गराउने प्रक्रिया प्रत्यक्ष प्रसारण गर्नका लागि राजस्व विभागले नेपाल राष्ट्र बैंकको टक्सार विभागसँग प्रस्ताव राखेको छ । यद्यपि इटली भ्रमणमा रहेका प्रधानमन्त्रीको नेपाल फिर्ती भएपछि मात्र यसबारेमा छलफल हुने र सुन गाल्ने तयारी सुरू हुने जनाइएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्