Shikhar Insurance
National Life

३ महिनामा १४ हिमाल चढेर हरिला र शेर्पाद्वारा नयाँ रेकर्ड

सिंहदरबार संवाददाता
२०८० श्रावण ११, बिहीबार १४:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौ नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका छन्।

पाकिस्तानमा रहेको केटु हिमाल ब्रोडपिक (८,६११ मिटर) को हरिला र शेर्पाले आज बिहान १०ः४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जानकारी दिएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त हिमालको सफल आरोहणसँगै क्रिष्टिन र तेन्जेनले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु तीन महिनामा सफल आरोहण गरेको कम्पनीको भनाइ छ । उनीहरुले तीन महिनामा १४ वटै हिमाल आरोहण गरेको कम्पनीका प्रबन्ध निर्देशक मिङमा शेर्पाले जानकारी दिए। यसअघि आरोही निर्मल पूर्जाले सन् २०१९ मा ६ महिना ६ दिनमा पूरा गरेका थिए।

हरिला र शेर्पाले ८ हजार मिटरभन्दा अग्ला १४ बाट हिमाल ४ महिनाभित्रै आरोहण गर्ने लक्ष्य राखेका थिए। हरिला यसअघि विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल एक वर्ष ५ दिनमा सफल आरोहण गरी सबैभन्दा छिटो आरोहण गर्ने पहिलो महिला आरोही बनेका थिए।

हरिला र शेर्पाले सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम २, गाशरब्रम १, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसकेका छन्।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्