Shikhar Insurance
National Life

पूर्वी नाकाबाट ४ करोडको जडीबुटी निर्यात

सिंहदरबार संवाददाता
२०८० श्रावण ११, बिहीबार ११:५३
Hyundai
NCELL
NIMB

झापा । नेपालको पहाडी तथा हिमाली जिल्लामा पाइने १४ प्रकारका जडीबुटी भारतमा निकासी हुने गरेको छ । जडीबुटीको निकासीका कारण स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय बजारमा स्थान पाएको छ भने भारतसँगको व्यापार घाटापूर्तिमा योगदान पुगेको छ ।

प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार पूर्वीनाका भएर पछिल्लो एक वर्षमा ४ करोड ३० लाख ६ हजार रूपैयाँ मूल्य बराबरको २ सय ९० मेट्रिक टन जडीबुटी भारत निकासी भएको छ । पूर्वी नाकाबाट भारततर्फ निकासी हुने मालसामानमा जडीबुटी मुख्य वस्तु हो । यसबाहेक भेनियर काठ, मसाला बाली, औद्योगिक बालीलगायतका वस्तु निर्यात हुँदै आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/८० मा काँकडभिट्टा नाका भएर निर्यात भएको सबैभन्दा बढी मूल्यको जडीबुटी चिराइतो हो । त्यसपछि क्रमशः मजिठो र पदमचाल धेरै निर्यात भएको छ ।

उनका अनुसार विगत एक वर्षमा २ करोड ५४ लाख ४० हजार मूल्य बराबरको १ सय २७ मेट्रिक टन चिराइतो, १ करोड १३ लाख २३ हजार दुई सय रूपैयाँ मूल्य बराबरको ६७ मेट्रिक टन मजिठो र १३ लाख ६५ हजार तीन सय रूपैयाँ मूल्य बराबरको १२ मेट्रिक टन पदमचाल भारत निर्यात भएको छ ।

चिराइतो नेपालको एक हजार दुई सयदेखि तीन हजार मिटर उचाइको पहाडी भूभागमा पाइने बहुऔषधीय गुणयुक्त जडीबुटी हो । ‘स्वरसिया चिराता’ वैज्ञानिक नाम भएको चिराइतो महँगोमा बिक्री हुने जडीबुटी मानिन्छ । आयुर्वेदमा यसको औषधीय गुणको वर्णन गरिएको छ ।

औलोको ज्वरो, रगतमासी, महिनावारी गडबडी, कब्जियत, घाउ, खटिरा आदि रोगमा यसको सेवन औषधि हुने बताइएको छ । तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुरलगायतका जिल्लामा यसको प्रचुर उत्पादन हुँदै आएको छ। मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, सल्यान, रोल्पा, डोल्पा, अछाम, डोटी, डडेलधुरा, बाजुरा आदि जिल्लामा पनि प्राकृतिकरूपमै चिराइतो उम्रने गरेको पाइन्छ ।

शक्तिबद्र्धक औषधिका रूपमा मानिएको पदमचाल नेपालको उच्च हिमाली भेगमा पाइने जडीबुटी हो । दोलखा, गोरखा, लमजुङ, म्याग्दी, रुकुम, पर्वत, कालीकोट, दैलेख, जाजरकोटलगायतका जिल्लामा पर्याप्त मात्रामा पाइने यसको व्यावसायिक खेतीसमेत हुन थालेको छ । मजिठो पनि नेपालको पहाडी भेगमा पाइने जडीबुटीजन्य वनस्पति हो । प्यारालाइसिस, अल्जाइमर्स, छालासम्बन्धीलगायतको रोगमा यसको प्रयोग हुने गरेको छ ।

पूर्वीनाका काँकडभिट्टाबाट आव २०७९/८० मा १५ लाख २१ हजार रूपैयाँ मूल्यको १३ मेट्रिक टन अमला, ११ लाख २२ हजार रूपैयाँ मूल्य बराबरको २८ मेट्रिक टन चुत्रोको बोक्रा, १ लाख ६६ हजार रूपैयाँ मूल्य बराबरको एक हजार एक सय मेट्रिक टन कुरिलो, ८ लाख ८५ हजार रूपैयाँ मूल्य बराबरको २५ मेट्रिक टन धुलो धुप, ४० हजार रूपैयाँ मूल्य बराबरको नागबेली, ११ हजार रूपैयाँ मूल्य बराबरको सिस्नोको जरा, ९ लाख २४ हजार रूपैयाँ मूल्य बराबरको १४ मेट्रिक टन रिठ्ठा र १ लाख ९५ हजार मूल्य बराबरको एक हजार पाँच सय मेट्रिक टन जटामसी भारत निर्यात भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्