Shikhar Insurance
National Life

३ हजार ६ सय ९५ फर्मको अनुगमन, ७ सय ९९ लाई कारबाही

सिंहदरबार संवाददाता
२०८० श्रावण ११, बिहीबार ११:४३
Hyundai
NCELL
NIMB
काठमाडाैं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने एक हजार फर्मलाई कारबाही गरेको छ । विभागले गत आर्थिक वर्ष २०७९/८० को एक वर्षको अवधिमा सात सय ९९ वटा व्यापारिक फर्मरकम्पनी तथा उद्योगलाई कारबाही स्वरुप आर्थिक जरिवाना गरेकोे हो ।
एक वर्षको बजार अनुगमनबाट अनुचित व्यापारिक कारोबारमा संलग्नलाई कारबाही स्वरुप जरिवाना गर्दा १ करोड ९८ लाख ४ हजार राजस्व संकलन भएको छ । अनुगमन गरिएका फर्ममध्ये झन्डै आधा फर्मलाई कारबाही स्वरुप जरिवाना गरिएको विभागका निर्देशन होमनाथ भट्टराईले जानकारी दिए।
उनले सामान्य गल्ती गर्ने फर्मलाई एकपटक सुधारको मौकासमेत दिइने गरिएको जानकारी दिए । यस अवधिमा विभागले तीन हजार छ सय ९५ व्यवसायी फर्मको अनुगमन नगर्दा २ हजार ३ सय ३८ वटा व्यवसायी फर्ममा कैफियत भेटाएको थियो । २ सय ९३ फर्ममा कैफियत देखिएपछि तत्काल सुधार गर्न निर्देशन दिइएको, एक हजार एक सय ५५ फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेस गर्न निर्देशन, ७ सय ९९ वटा फर्मलाई कारबाहीस्वरुप जरिवाना गरिएको र ९१ वटा फर्ममा अखाध्य वस्तु भेटिएपछि नष्ट गरिएको थियो ।
यस्तैगरी उक्त अवधिमा विभागले खान अयोग्य वा म्याद सकिएका रु एक करोड ६४ लाख ३२ हजार मूल्य बराबरको वस्तु तत्कालै नष्ट गर्न लगाइएको थियो । गत आर्थिक वर्ष २०७८/७९ मा विभागले एक हजार बढी फर्मलाई कारबाही गरेको थियो । विभागले उक्त फर्मलाई कारबाही गर्दा जरिवानास्वरुप १ करोड ८१ लाख ९६ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो ।
विभागले दैनिक उपभोग्य वस्तुको गुणस्तर र मूल्यमा केन्द्रित भएर बजार अनुगमन गर्ने गरेको जनाइएको छ । अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरिद बिक्री बिल नराख्ने फर्मलाई ५ हजार रूपैयाँदेखि तीन लाखसम्म जरिवाना गरिएको विभागले जनाएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने पसललाई जरिवाना गरिएको विभागले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्