Shikhar Insurance
National Life

रिद्धिसिद्धि सिमेन्टद्वारा छात्रवृत्ति कार्यक्रम सार्वजनिक

सिंहदरबार संवाददाता
२०८० श्रावण १०, बुधबार १७:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । रिद्धिसिद्धि सिमेन्टले यस वर्षदेखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” छात्रवृत्ति कार्यक्रम ल्याएको छ ।

यस छात्रवृत्ति कार्यक्रम २०७९ मा परीक्षा दिएको र २०८० सालमा नतिजा प्राप्त भई एसईईमा उत्तीर्ण भएका सम्पूर्ण मकवानपुर जिल्लाका विद्यार्थीहरुलाई लक्षित गरी ल्याइएको हो । जसअनुसार एसईई परीक्षामा ३.६ जीपीएदेखि ४ जीपीए ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा योग्य मानिने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

छात्रवृत्तिअन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा ५ हजार, दोस्रो हुनेलाई ३ हजार ५ सय र तेस्रो हुनेलाई २ हजार ५ सय रूपैयाँका साथै सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा १ हजार ५ सय रूपैयाँ कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ । यस योजनामा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेबसाई वा फेसबुक पेजमा गई फाराम भर्न सकिनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्