Shikhar Insurance
National Life

मकवानपुरमा ६ अर्ब ६० करोड आन्तरिक राजस्व असुली, अन्तरशुल्कतर्फ मात्रै ३ अर्ब ६६ करोड

सिंहदरबार संवाददाता
२०८० श्रावण १०, बुधबार १६:३९
Hyundai
NCELL
NIMB

मकवानपुर । आन्तरिक राजस्व कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न स्रोतको राजस्वतर्फ ६ अर्ब ६० करोड ८८ लाख २२ हजार राजस्व असुली गरेको छ ।

कार्यालयले अन्तरशुल्कतर्फ ३ अर्ब ६६ करोड २७ लाख ७९ हजार, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ९ करोड ५ लाख १९ हजार र आर्यकरतर्फ एक अर्ब १० करोड ६५ लाख ४७ हजार राजस्व असुली गरिएको जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैगरी, कार्यालयले स्वास्थ्य सेवा करतर्फ ६६ करोड ४० लाख ७५ हजार, ब्याजकरतर्फ ६ करोड ३५ हजार, घरबाहलतर्फ स्रोतमा दुई करोड ५१ लाख ६१ हजार र शिक्षाकरतर्फ ७ हजार मात्र राजस्वबापत सो कार्यालयले कर असुली गरेको छ ।

कार्यालयले अघिल्लो आव २०७८/७९ को तुलनामा गत आवमा वार्षिक लक्ष्यभन्दा करिब ४० करोड १४ लाख ४७ हजार थप रकम आम्दानी गरिएको आन्तरिक राजस्व कार्यालयका कर अधिकृत अवधेशकुमार यादवले जानकारी दिए । कार्यालयले अघिल्लो आव २०७८/७९ मा ६ अर्ब २७ करोड ७४ लाख १४ हजार कूल राजस्व असुली गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्