Shikhar Insurance
National Life

‘नाङ्गो गाउँ’ मा दयाहाङकाे राजनीति

सिंहदरबार संवाददाता
२०८० श्रावण १०, बुधबार १६:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । चलचित्र ‘गोपी’मार्फत ‘राष्ट्रिय चलचित्र पुरस्कार’ विजेता बनेका निर्देशक दीपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्र ‘नाङ्गो गाउँ’ सार्वजनिक गरिएको छ । सार्वजनिक दृश्यमार्फत कलाकारको आवरण र कथासार देखाउने प्रयास गरिएको निर्देशक लामाले जानकारी दिए।

“सामाजिक विषयवस्तुमा बनेको चलचित्रको सार्वजनिक दृश्यले राजनीतिलाई पृष्ठभूमि बनाएको छ । चलचित्र पूर्ण मनोरञ्जनात्मक छ”, उनले भने। लामाकै लेखन रहेको चलचित्रमा ‘एक इमान्दार शिक्षक कसरी राजनीतिज्ञ बन्छ’ भन्ने कथा प्रस्तुत गरिएको छ । चलचित्रमा दयाहाङ राई, शिशिर वाङ्देल, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, कमलमणि नेपाल, रवीन्द्र झा, वुद्धि तामाङ, विशाल पहारी, राज थापा, अङ्कित खड्का, निमा पाण्डेलगायत कलाकारले अभिनय गरेका छन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जय श्रेष्ठले निर्माण गरेका चलचित्रमा हिमाल शर्मा प्रस्तुतकर्ता, रामहरि श्रेष्ठ कार्यकारी निर्माता, आलोक शुक्ला छायांकार, बनिष शाह सम्पादक छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्