काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा बुधबार लघुवित्त पीडितहरुले विरोध प्रदर्शन गरेका छन् । निषेधित क्षेत्र तोड्न खोज्ने केही प्रदर्शनकारीलाई भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति’ गठन गरी पीडितहरुले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले लघुवित्त संस्था खारेज हुनुपर्नेलगायतका विभिन्न पाँचबुँदे माग अघि सारेका छन् ।
काठमाडौंको एभरेष्ट होटल अगाडिको सडकमा माग सम्बोधनका लागि दबाब दिने उद्देश्यले पीडितहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनकारी संसद भवनतर्फ अगाडि बढ्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्