Shikhar Insurance
National Life

बुधबार सुन प्रतितोला ५ सयले बढ्यो, कतिमा हुँदैछ किनबेच?

सिंहदरबार संवाददाता
२०८० श्रावण १०, बुधबार ११:४६
Hyundai
NCELL
NIMB

काठमाडाैं। बुधबार नेपाली बजारमा सुन प्रतितोला ५  सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार चार सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्