काठमाडौं । बोटलर्स नेपाल लिमिटेडलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थानद्वारा आयोजित एक कार्यक्रममा म्यान्युफ्याक्चरिङ सेक्टर क्याटेगोरीअन्तर्गत बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट २०२२ का लागि गोल्ड अवार्ड प्रदान गरिएको छ ।
आर्थिक वर्ष २०७/र७९ को वार्षिक हिसाबमा प्रस्तुत गरिएका आउट्स्ट्यान्डिङ प्रेजेन्टेसन, डिटेल्ड डिस्क्लोजर, र ट्रान्स्पेरेन्सि अफ इन्फर्मेसनको लागि बिएनएललाई यो अवार्ड प्रदान गरिएको हो ।
बोटलर्स नेपाल (तराई) लिमिटेडलाई २०२२ को लागी सोही श्रेणीमा आइक्यानद्वारा मेरिट अवार्ड पनि प्रदान गरिएको थियो । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडले आफ्नो कर्पाेरेट गभर्नेन्स र कम्प्लायन्स माथि गर्व गर्छ ।
“बोटलर्स नेपालले हाम्रा सप्लायर, ग्राहक र सेयरहोल्डरहरू लगायत सबै स्टेकहोल्डरहरूसँग राख्नुपर्ने ट्रान्स्पेरेन्सीको महत्व बुझ्दछ । कर्पाेरेट गभर्नेन्स र कम्प्लायन्स हाम्रो आन्तरिक प्रक्रिया र ग्लोबल कोकाकोला सिस्टमको अंश हो, जसलाई हामी उत्प्रेरित रूपमा पालना गर्छाैं । हामी हाम्रो सानो प्रयासको लागि मान्यता प्राप्त गरेकोमा कृतज्ञ छौं। ”
उक्त पुरस्कार अर्थमन्त्री डा. प्रकाशशरण महतलेद्वारा आयोजित एक कार्यक्रममा बोटलर्स नेपाल लिमिटेडका फाइनान्स कन्ट्रोलर अशोक मण्डललाई प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्