Shikhar Insurance
National Life

मौद्रिक नीति पछिको दुई दिनमै ६३ अंकले घट्यो नेप्से

सिंहदरबार संवाददाता
२०८० श्रावण ९, मंगलवार १५:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार र मङ्गलबार भने घटेको छ। सोमबार २६ अङ्कले घटेको नेप्से परिसूचक आज ३६.१९ अङ्कले ओरालो लागेर २,१६४.३१ विन्दुमा सीमित भएको छ । मौद्रिक नीति सार्वजनिक भएको दिन गत आइतबार नेप्से ६३.२४ अंकले बढेको थियो ।

आज विभिन्न कम्पनी २६७ वटा कम्पनीका ७७ लाख १६ हजार दुई सय ७७ कित्ता सेयर ५३ हजार पाँच सय ७० पटक खरिदबिक्री हुँदा २ अर्ब ९१ करोड सात लाख ३२ हजार चार सय १८ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज होटल तथा पर्यटन समूहको उपसूचक ७२.३० अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह एक सय ७६.४४ र निर्जीवन बीमा समूह १११.१८ अङ्कले घटेको छ ।

त्यस्तै, बैङ्किङ ३७.२४, विकास बैंक ८६.१३, वित्त ३६.५२, जलविद्युत् २६.६३ र लगानी समूह १.०२ अङ्कले घटेको छ । उत्पादन तथा प्रशोधन समूह १३.३४, लघुवित्त ३६.४९, म्युचुअल फन्ड ४.१०, व्यापार ३.८७ र अन्य समूह २७.९९ अङ्कले घटेको छ ।

आज किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने नबिल डिबेन्चर–२०८५ को मूल्य ६.८७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको १५ करोड २७ लाख ७९ हजार ७४ बराबरको सेयर कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको चार लाख १८ हजार दुइ सय आठ कित्ता सेयर किनबेच भएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्